images
images
  • चेक अनादर भए ४५ दिनभित्र रकम तिर्नुपर्ने, ५ प्रतिशत जरिवाना

    काठमाडौं । चेक अनादर भएमा उल्लेख रकमको पाँच प्रतिशत जरिवाना तिर्नुपर्ने गरी कानुन बन्ने भएको छ ।

    विधायन व्यवस्थापन समितिले चेक अनादरको रकम अदालती प्रक्रियामा जाँदा उल्लेख रकमको पाँच प्रतिशत जरिवाना लाग्ने व्यवस्थामा सहमति जुटाएको छ ।

    राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समिति बैठकमा उक्त सहमति जुटेको सभापति तुलसीकुमारी दाहालले बताइन् । कसैलाई दिएको चेक सटही गर्दा रकम नभएको पाइएमा ४५ दिनभित्र भुक्तानी गर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको उनको भनाइ छ

    ‘चेक सटही गर्न जाँदा पैसा नभएको पाइएमा भुक्तानीका लागि ४५ दिनको समय दिने र त्यसपछि मात्रै अदालती प्रक्रियामा जाने कुरा समावेश गरिने भएको छ । चेक अनादर गर्नेलाई रकमको पाँच प्रतिशत जरिवाना तिराउने सहमति भएको छ,’ उनले भनिन् ।

    ४५ दिनको अवधिमा पनि भुक्तानी नभएको अवस्थामा दुवै पक्षबीच समन्वय गर्ने र त्यसपछि मात्रै  पाउने देवानी संहिताअन्तर्गत अदालती प्रक्रियामा लान सकिने व्यवस्था विधेयकमा गरिएको उनले बताइन् ।

    ‘कुनै व्यक्तिले आफ्नो खातामा पैसा नहुँदा जानीजानी उसले कसैलाई चेक दिन्छ र त्यो चेकको फर्छ्यौट हुँदैन भने यसलाई कानुनी कारबाहीमा लाने कुरा छ । ४५ दिनको समयभित्र चेक लिने र दिने दुवैको बीचमा समन्वय भयो र चेकमा उल्लेख रकम पायो भने मध्यस्तता गर्ने भन्ने कुरा पनि विधेयकले ल्याएको छ,’ उनले भनिन् ।

    चेक अनादरलाई फौजदारी नभएर  देवानी संहिताअन्तर्गत अघि बढाइने उनले बताइन् । खातामा रकम नभएको जान्दाजान्दै दोस्रो पक्षलाई चेक दिनुलाई ठगी मान्ने व्यवस्था गर्न लागिएको उनको भनाइ छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्