images
images
  • सरकारका बारेमा केही नेताहरूले बोल्नु भएको ‘व्यक्तिगत कुरा’ : गृहमन्त्री लेखक

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारमा र गठबन्धनमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् ।

    बुधवार राति बसेको सत्ता साझेदार दलको बैठक पछि बाहिरिने क्रममा गृहमन्त्री लेखकले ‘सरकारमा केही समस्या भयो कि’ भन्ने बाहिर आएको हल्ला सत्य नभएको बताए ।

    सरकारका बारेमा केही नेताहरूले बोल्नु भएको कुरा ‘व्यक्तिगत कुरा’ भएकोले टिप्पणी गर्न आवश्यक नभएको बताए ।

    मन्त्री लेखकले दुई शीर्ष नेता सहित कार्यदल र संयन्त्रको बैठक बसेको र यो नियमित बैठक नै बसेको स्पष्ट पारे । बैठकमा समसामयिक विषयमा छलफल भएको बताए ।

    सरकारको कामलाई अहिले नै दोष दिने बेला नभएको पनि गृहमन्त्री लेखकले बताए । विद्यालय शिक्षा विधेयकलाई कसरी अगाडि बढाउने र पास गराउने विषयमा सरकार गम्भीर भएको बताए । यो अधिवेशन विद्यालय शिक्षा विधेयक टुङ्गो लगाउने गरी केन्द्रित हुने गृहमन्त्री लेखकले स्पष्ट पारे ।

    लेखक भन्छन् “ यो दुई दलीय कार्यदल र संयन्त्रको नियमित बैठक हो । छलफल राम्रो भएको छ । हिजो मन्त्री परिषद्‌को बैठकले नै शिक्षकहरूको आन्दोलनलाई सम्बोधन गरेको छ । थप कुरामा संवाद गरिरहेका छौँ । अर्को कुरा यो सरकारको कार्यशैली; सरकार मलाई लाग्छ यो सरकारले राम्रै सँग काम गरेको छ, राम्रै अगाडि बढेको छ ।”

    बैठकमा सरकारका कामकारबाही र सरकारबारे बाहिर चलेका चर्चाबारे छलफल भएको बताइएको छ । सरकारका काम र कार्यशैलीबारे सत्ता साझेदार दल नेपाली काँग्रेसका शीर्ष तथा प्रभावशाली नेताहरूले नै विरोध गर्दै आएको बेला कार्यदल र संयन्त्रको बैठक बोलाइएको हो । आजको संयन्त्रको बैठकमा काँग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा भने सहभागी हुनुभएको थिएन । नेता खड्का स्वास्थ्यका कारण र महामन्त्री थापा उपत्यका बाहिरबाट काठमाडौँ आउन ढिला भएकोले बैठकमा सहभागी नभएको प्रधानमन्त्रीको सचिवालय श्रोतले बताएको छ ।

    आजको बैठकका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, परराष्ट्र मन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, नेकपा एमालेका महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्