images
images
  • शहिद गंगालाल श्रेष्ठको जीवनी र बलिदानको चर्चा

    रातोपाटीन्यूज, काठमाडौं । प्रजातन्त्रका अग्रदुत तथा महान शहिद गंगालाल श्रेष्ठको जीवनी र बलिदानका बिषयमा शनिबार काठमाडौंको भीमसेनथानमा एक स्मृति कार्यक्रम सम्पन्न भएको छ ।

    नयाँ बर्ष २०८२ सालको पावन अवसरमा शहिद गंगालाल फाउण्डेशन नेपालले शहिद गंगालालको देशप्रेमका बारे चर्चा परिचर्चा गरेको छ ।

    शहिद गंगालालले सानै उमेरमा देशभक्तिमा पुर्‍याएको योगदानका बारे आम सर्वसाधारणलाई बिभिन्न बक्ताहरूबाट प्रष्टाएको उक्त फाउण्डेशनका संतोष बोहराले जानकारी दिए ।

    देश, माटो, मातृभूमिलाई अथाहा मायाप्रेम गर्नुपर्ने भन्दै बक्ताहरुले मुलुक र नागरिकको समृद्धिका लागि आ–आफ्नो ठाउँबाट आवाज उठाउनु पर्ने बक्ताहरुले सर्वसाधारणलाई सचेतना फैलाएको बोहराले बताए ।

    शासकहरुको मनोमानी बढेमा शहिद गंगालालकै जस्तै देश र जनताको हितमा सबैले आवाज निकाल्नु पर्नेमा चर्चा परिचर्चा गरिएको थियो ।

    उक्त फाउण्डेशनका सचिव सूर्यदिप प्रसाद श्रेष्ठ, उप–प्राध्यपक मीना पौडेल(बिमुन्स) लगायतका बक्ताहरुले शहिद गंगालालको जीवनी र बलिदानका बारे प्रकाश पारिएको थियो ।

    सबै बक्ताहरुले गंगालालले तत्कालीन राणा शासनको निरंकुशता बिरुद्ध क्रान्ति गरेर देशप्रेम र जनताको लागि बलिदानी हुनु परेको बारे प्रष्टाएका थिए ।

    उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, दलका प्रतिनिधि, समाजसेवी, स्थानीयहरुको सहभागिता रहेको थियो । उक्त फाउण्डेशनका बोहराले कार्यक्रम संचालन गरेका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्