images
images
  • अछाममा १ हजार ८६ जनाले छाडे एमाले, भीम रावललाई सघाउने

    काठमाडौँ । अछामका १ हजार ८६ जनाले नेकपा एमाले परित्याग गरेका छन् ।एमाले परित्याग गरेर उनिहरूले एमालेबाट निष्कासित नेता डा.भीम रावलको मातृभूमि जागरण अभियानमा सहभागी भएका छन् ।

    अछामबाट नेकपा एमालेका विभिन्न विभाग तथा कमिटीमा रहेका नेताहरूले पार्टी परित्याग गरेर डा. रावललाई सघाउने भएका हुन् ।

    एमाले प्रदेश कमिटी तथा विभागीय सदस्य रहेका ७, केन्द्रीय विभागका २, जिल्ला कमिटी सचिवालय सदस्य ५, जना नेता कार्यकर्ता रावलको पक्षमा उभिएका छन् ।

    एमालेबाहेक अन्य पार्टीबाट ५ जनासहित एक हजार ८६ जना रावललाई समर्थन गर्न पुगेका छन् ।

    रावललाई नेकपा एमालेले गत पुस १० गते पार्टीको सदस्यता समेत नरहने गरी निष्कासनको घोषणा गरेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्