काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सञ्चारमाध्यमले राष्ट्रिय सभामा हुने गतिविधिलाई दिएको प्राथमिकताका बारे समीक्षा गर्नुपर्ने बताएका छन् ।
शुक्रबार काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा दाहालले राष्ट्रिय सभाको गतिविधि पत्रकारितामा कम प्राथमिकता परेकोमा गुनासो गर्दै राष्ट्रिय सभामा हुने गतिविधिलाई दिएको प्राथमिकताका बारे समीक्षा गर्नुपर्ने बताएका हुन् ।
उनले सञ्चारमाध्यममा राष्ट्रियसभा ओझेलमा पर्दा आम नागरिक राष्ट्रिय सभाको गतिविधिमा सुसूचित हुने अवसरबाट वञ्चित हुने धारणा राखे ।
उनले सभाका गतिविधि जनतासमक्ष लैजान र नागरिकको सूचित हुने अधिकार सुनिश्चित गर्नमा जोड दिए ।
अध्यक्ष दाहालले सरकारी विधेयकको हकमा नेपालमा हालसम्म तीन वटा गैरसरकारी विधेयक ऐन बनेको इतिहास रहेको र त्यी विधेयक राष्ट्रिय सभामै उत्पत्ति भएर ऐन बनेको जानकारी दिए ।
त्यसतै कार्यक्रममा राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले पत्रकारले उठाएका विषय सांसद र संसदीय प्रक्रिया सुधार गर्ने अवसर हुने उल्लेख गरिन् । उनले सञ्चारमाध्यमको प्राथमिकतामा राष्ट्रिय सभा र यसको गतिविधि पर्न नसकेकोमा पनि गुनासो गरिन् ।
प्रतिक्रिया दिनुहोस्