images
images
  • हर्कले बेलायतबाट भने- रडाको नमच्चाउ फागो नै कार्यवाहक मेयर हो

    काठमाडौं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बेलायतबाट ११ नम्बर वडाका अध्यक्ष लोकेन्द्र फागो नै धरानको कार्यवाहक मेयर भएको बताएका छन् । 

    उनले फेसबुकमा स्टाटस र भिडिओ बनाएर कसलाई कार्यवाहक दिने या नदिने सबै अधिकार आफूमा हुने भन्दै साम्पाङले रडाको नमच्चाउन भनेका हुन्। 

    उनले आफू धरानको विकासमा लागि रातदिन कुदिरहेको बताए । मामा ससुरा फागोलाई कार्यवाहक दिएका उनले अरुलाई धरानको बदनाम नगर्न आग्रह गरे । 

    उपमेयरलाई नजरअन्दाज गर्दै वडाध्यक्षलाई अधिकार प्रत्यायोजन गरी  कार्यवाहक मेयर ताकेर दिएको पत्र विराटनगरस्थित उच्च अदालतको उत्प्रेषणयुक्त परमादेशले अस्वीकार गरेको छ । त्यसपछि मेयर साम्पाङले यस्तो भिडियो बनाएका हुन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै