images
images
  • अहिलेको सरकारले सुशासनका कुरा गर्न सुहाउँदैन : प्रभु साह

    काठमाडौं- आमजनता पार्टीका अध्यक्ष प्रभु साहले अहिलेको सरकारले सुशासनको कुरा गर्न नसुहाउने बताएका छन्।

    सरकार गठन भएको ८ महिना बितिसकेको अवस्थामा मन्त्रीहरूले सम्पत्ति सार्वजनिक नगर्नुले सुशासनमाथि प्रश्न उठाएको उनले जिकिर गरे ।

    प्रतिनिधिसभामा बुधबार पेस भएको ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दिँदै साहले सम्पत्ति सार्वजनिक गर्न नसक्ने सरकारले सुशासनको कुरा गर्न नसुहाउने जिकिर गरे।

    सांसद साहले सुशासनका लागि पारदर्शिता आवश्यक पर्ने भए पनि वर्तमान सरकार कुनै पनि विषयमा त्यस्तो नभएको आरोप लगाए । उनले भ्रष्टाचार गरेको सम्पत्ति वैध बनाउन विधेयक ल्याइएको आरोपसमेत लगाए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्