
काठमाडौँ । ४ हजार जनाको ईसेवा खाताबाट १ करोडभन्दा बढी रकम चोरी गर्ने युवक पक्राउ परेका छन् ।
गत मंगलबार (हिजो) काठमाडौँको कालीमाटीबाट कञ्चनपुर घर भई हाल काठमाडौँ अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा पक्राउ परेका हुन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले ईसेवा प्रयोगकर्ताहरूलाई एसएमएसमार्फत द अलर्ट, एटी अलर्टजस्ता फिसिङ लिङ्कहरू पठाउँथे । त्यसपछि भेरिफाइका लागि भन्दै लिंक खोल्न लगाएर ईसेवा अनधिकृत पहुँच पुर्याउँथे ।
प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार उनले ४ हजारभन्दा बढी व्यक्तिहरूको ईसेवा खाताबाट १ करोड २ लाख रुपैयाँ बराबरको रकम चोरी गरेको खुल्न आएको छ ।
उनले चोरी गरेका सबै रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खाताहरूमा ट्रान्सफर गरेका थिए ।अहिले उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्