
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले फेरि राजतन्त्र फर्कन नसक्ने दाबी गरेका छन् ।
अध्यक्ष नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए । पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गरी उनले राजतन्त्र ल्याएर फाइदा नभएको बताउँदै व्यक्ति विशेषमा राम्रो भावना, योजना भए प्रभावकारी काम गर्न सकिने धारणा राखे ।
उनले अहिले आफूहरू सरकारमा जाने मनस्थितिमा नरहेको बताए । उनले आफूहरू जनतामा जाने, जनताको समस्या बुझ्नेतर्फ केन्द्रित गरेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्