
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा लागू गरिएको निषेधाज्ञा हटाएको छ ।
जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले शान्तिसुरक्षा अवस्था सामान्य रहेको भन्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको समितिको बैठकले आज (शुक्रबार) बिहान ७ः०० बजेदेखि निषेधाज्ञा हटाउने निर्णय सार्वजनिक गरेको हो ।
निर्णयमा भनिएको छ, ‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) अनुसार वैशाख १ गतेदेखि लागु गरिएको निषेधाज्ञा हटाउने निर्णय गरिएको छ ।’
गत शनिबार हनुमान् जयन्तीको शोभायात्राका क्रममा उत्पन्न झडपपछि महानगरका विभिन्न क्षेत्रमा निषेधाज्ञा लागू गरिएको थियो । स्थिति नियन्त्रणमा आएपछि आजदेखि जनजीवन सामान्य हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्