
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहितका राप्रपा नेताहरू पक्राउ परेका छन् ।
सिंहदरबारमा सांकेतिक प्रदर्शन गर्ने क्रममा प्रहरीले उनीहरूलाई सिंहदरबारभित्र बाटै पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अध्यक्ष लिङदेनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानबहादुर शाही, सांसद दीपक सिंहलगायत रहेका छन् ।
प्रदर्शन स्थलमा जानुअघि सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा जम्मा भएका थिए । संसदीय दलको कार्यालयमा जाँदा अस्वभाविक प्रहरी परिचालन गरिएको राप्रपाको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्