images
images
  • सरकारका प्रवक्ता गुरुङ भन्छन् – शिक्षामन्त्रीको राजीनामाबारे जानकारी छैन

    काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको राजीनामाबारे सरकारलाई कुनै जानकारी नभएको बताएका छन् ।

    मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । भट्टराई अस्वस्थ भएकोले मन्त्रिपरिषद् बैठकमा उपस्थित नभएको गुरुङको भनाइ छ ।

    उनले भने, “शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने विषय सरकारको जानकारीमा छैन । राजीनामा दिएको भए सरकारका प्रवक्ता र मन्त्रिपरिषद्लाई थाहा हुन्थ्यो। आजसम्म उहाँले राजीनामा दिनुभएको हामीलाई जानकारी छैन। उहाँ सम्भवतः अस्वस्थ हुनुहुन्छ, त्यसैले उपस्थित हुन नसक्नुभएको हो।”

    गुरुङले थपे, “बिरामी भइरहेपछि क्वाटरमा पनि किन बसिरहने भनेर होला ? उहाँले क्वाटर छाड्नुभएको होला ।”

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्