images
images
  • तीन दिनभित्र विद्यालय फर्किन शिक्षकलाई सर्वोच्चको आदेश

    काठमाडौं । काठमाडौंमा आन्दोलनरत शिक्षकहरूले तीन भित्र काठमाडौंको सडक छोड्नु पर्ने भएको छ ।

    सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र फर्किन आदेश दिएको हो ।

    बिहीबार न्यायाधीश नहकुल सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्दै तीन दिनभित्र आन्दोलन रोकेर घर फर्किन आदेश दिएको हो ।

    अधिवक्ता श्रवणकुमार चौधरीले चैत १० गते शिक्षक आन्दोलनले विद्यार्थीको भविष्य नै अन्योलमा परेको भन्दै रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।

    ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्